कृष्ण सुवेदी : प्रमुख, रिटेल लायबिलिटी म्यानेजमेन्ट एन्ड कर्पोरेट कम्युनिकेसन, नबिल बैँक


ADVERTISEMENT


वाणिज्य बैँकहरुमा आफूलाई अग्रस्थानमा राख्न सफल नबिल बैँकले अहिले कस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ?


ADVERTISEMENT

# # #


बाहिरबाट झलक्क हेर्दा बैंक पैसा राख्ने र झिक्ने ठाउँ भए पनि यसमा धेरै कुराहरु हुन्छन् । यी दुवै काम गर्नका लागि बैंकले धेरै किसिमका योजनाहरु बनाउनुपर्ने हुन्छ । ऋणतर्फका प्रोडक्टहरु, आयात, निर्यात, लकर, निक्षेप, विप्रेषण, प्रतित पत्र, जमानत पत्रदेखि लिएर सम्पूर्ण बैंकिङ सेवालाई लाभान्वित हुने गरी बैंकले सेवा उपलब्ध गराउदै आएको छ । अहिले निक्षेप तर्फ कुरा गर्दा, मान्छेका आवश्यकता अनुसारका खाताका प्रकारहरु बनाउनुपर्ने हुन्छ । पुरानो समयमा बैंकहरुसँग मुद्दती खाता र बचत खाता मात्रै थिए । तर, अहिले ग्राहकको आवश्यकता हेरेर विभिन्न किसिमका अनुसन्धान गर्नुपर्ने हुन्छ । तसर्थ, मुद्दती खाता, बालबालिकाका खाताहरु, नारी बचत लगायतका विभिन्न किसिमका खाताहरुको सुविधा प्रदान गर्दै आएका छौँ । यस्ता खाताहरुका माग बजारबाटै हुन्छ जुन हामीले बजारको मागलाई सम्बोधन गर्दै आएका छौं र यसले गर्दा नै ग्राहकको रोजाईमा नबिल बैँक पर्दै आएको छ ।

नबिल बैँकमा बचततर्फ १९ प्रकारका खाताहरु रहेका छन् । मुद्दतीमा पनि विभिन्न प्रकारका खाताहरु रहेका छन् । त्यसैगरी व्यापार क्षेत्रलाई काम लाग्ने गरेर ‘करेन्ट एकाउन्ट’ भनेर खाता खोल्ने व्यवस्था गरेका छौं । यस्तै सेयर बजारमा कारोबार गर्न डिम्याट एकाउन्ट, त्यसै गरी बचत खातामा मोबाइल–इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेविट कार्ड र लकरको सुविधा पनि नबिल बैँकले गरेको छ ।

एटीएमको क्षेत्रमा पनि हामी नयाँ प्रयोग गर्न खोज्दैछौँ, एटीएमबाट पैसा निकाल्ने मात्रै होइन, पैसा जम्मा गर्ने सेवाको पनि हामी अभ्यास गरिरहेका छौँ । यसरी हेर्दा एउटा मान्छेलाई व्यक्तिगत रुपमा चाहिने सम्पूर्ण बैंकिङ सुविधाहरु नबिल बैंकसँग रहेको छ । यसैकारण नबिल सफल बैंकको रुपमा उभिएको हो ।

भनेपछि नबिलले आफ्ना ग्राहकलाई सबै किसिमका विद्युतीय सुविधा दिएको छ ?

अहिले मान्छेको हातहातमा स्मार्ट फोन छ, एक किसिमले यो अपरिहार्य नै बनेको छ । अहिले मेरो १४ वर्षको बाबुले कुन मोबाइलको प्रयोग गर्न ठीक हुन्छ भनेर सल्लाह दिन्छ । अधिकांश कामहरु अहिले इन्टरनेटको सहयोगमा मोबाइलमै गर्न सम्भव भएको छ । बैँकिङ कारोबार पनि अहिले मोबाइलबाटै गर्न सकिन्छ । यो भनको ‘डिजिटल ट्रान्फरमेसन’ हो । नेपालमा हाल ‘डिजिटल ट्रान्फरमेसन’को लागि युद्धस्तरमा काम भइरहेको छ ।

नेपालको पहिलो प्राइभेट सेक्टरको बैंक पनि नबिल भएको र नबिलसँग निक्षेपकर्ताहरुको पनि ठूलो विश्वास भएको कारण डिजिटलाइजेसनमा ग्राहकलाई चाहिने खासखास प्रोडक्टहरु ल्याएर नबिलले सुविधा दिइरहको छ । हाम्रा लगभग ९५ प्रतिशत ग्राहकले मोइबाइल बैँकिङ प्रयोग गर्छन् । त्यसकारण हामीले मोबाइल बैकिङलाई अझै सजिलो बनाउँदै विभिन्न सेवाहरु थप गरेका छौँ र अझै केही थप सेवाहरु प्रक्रियामा छन । त्यसैले ग्राहकको मन जित्न हामीले गरेको मेहनतको फल नै नबिलले पाएको एक नम्बरको स्थान हो

हरेक कुराले अवसरसँगै चुनौतीहरु ल्याउने गर्दछ । डिजिटल बैकिङका सुरक्षाका कुराहरु पनि छन् । त्यसमा तपाईंहरुले के-कसरी काम गरिरहनुभएको छ ?

सुरक्षा गम्भीर कुरा नै हो, यो चुनौती विश्वभरि नै छ । यसलाई नेपालले मात्र नभएर विश्वले नै गम्भीरताका रुपमा लिएको छ र लिइन्छ पनि । आज हामीसँग विज्ञान छ र यसको हामी प्रयोग गरिरहेका छौं । जहिले पनि चुनौती हुन्छ नै, हामीले त्यसलाई व्यवस्थापन गर्ने छौं ।

ग्राहकलाई सुविधा दिने कुरा भएको र सुरक्षाका कुरा पनि जोडिएकाले मोबाइल बैंकिंग गर्न हुने कि नहुने भन्ने लामो अध्ययनपछि नै यो विकास भएको हो । हामीले कुनै पनि प्रोडक्टहरु अनुसन्धानमा आधारित छ कि छैन भनेर जानकारी नलिई बजारमा ल्याउँदैनौं ।

विश्वमा चलनचल्तीमा रहेका र सबैले प्रयोगमा ल्याएका प्रोडक्टहरु परीक्षण गरेर नै हामीले प्रयोग गरिरहेका छौं । प्रविधिमा चुनौती अवश्य हुन्छ नै । तर, चुनौती भए पनि पहिलेको भन्दा अहिले धेरै अपडेटेड सिस्टम भएको कारण कहाँ कमीकमजोरी छ भनेर थाहा पाउन सकिन्छ ।

कुनै पनि प्रविधिमा समस्या आए त्यसको प्रयोग कम हुने भएकाले कम्पनीहरु यसमा सचेत रहेका हुन्छन्, यसैलाई विश्वास गर्ने हो । यसमा अलार्म सिस्टमहरु राखिएका हुन्छन् जसले तपाईं रिक्स फ्याक्टरलाई थाहा पाउन सक्नुहुन्छ र त्यसैलाई परिष्कृत र परिवर्तन गरिन्छ । यसरी नै चल्ने हो ।

नबिल बैँकलाई आगामी दिनमा पनि अग्रस्थानमा राखिराख्ने योजनाहरु छन् ? तपाईं कार्यरत विभागले कसरी काम गरिरहेको छ ?

नबिल बैंक भनेको सर्वसाधारण सबैको हो । सर्वसाधारणदेखि राज्यका सबैलाई बैंकमा एकै नियम लागू हुन्छ । सबैले खाताका प्रकार अनुसार एकै किसिमको सुविधा प्रयोग गर्दछन् । नबिल अहिले दूरदराजमा पनि पुगिसकेको छ । जहाँ हिँडेर दुई दिन लाग्ने ठाउँमा पनि हामी छौं । सबैलाई सुविधा दिने नै बैंकको लक्ष्य छ र सधैं नै रहनेछ ।

अब म कार्यरत खुद्रा निक्षेपतर्फको डिपार्टमेन्टको कुरा गरौँ । हामीकहाँ एक सय निक्षेप गर्नेहरुदेखि लिएर लाखौं, करोडौं निक्षेप गर्नेहरु छन् । हामीले थोरै पैसा राख्नेहरुलाई मात्र बैंक हो भनेका पनि छैनौं र धेरै पैसा राख्नेहरुको मात्र बैंक हो भनेर पनि भनेका छैनौं ।

देशको अर्थतन्त्रको प्रणालीमा सहयोग गर्ने हाम्रो दायित्व हो । हामीले हरेक नेपालीलाई हुने किसिमको प्रणालीमा काम गर्ने हो । ग्राहकको मन छुने किसिमको काम गर्ने, प्रोडक्ट दिने काम गर्नु हाम्रो दायित्व हो ।

कर्णाली प्रदेशमा हामीले बेबी गर्ल (कर्णाली क्रमिक मुद्दती) प्रोडक्ट बनाइदिएका छौं । हामी स्थानीय सरकारकै योजना अनुसार सहकार्य गरिरहेका छौँ । जस अनुसार कुनै परिवारमा छोरीको जन्म भयो भने नबिलमा खाता खोलेको खण्डमा सरकारले छोरी जन्मेको पहिलो महिन एक हजार र उनी २० बर्ष नपुगे सम्म सय पाँच सय रुपैंया हालिदिन्छ । त्यसमा हजार रुपैंया हामी थपिदिन्छौं । त्यो खातामा छोरीको दानदक्षिणा वा अन्य श्रोतबाट आएको लगाएको पैसा वा अरु कसैले पैसा जम्मा गरिदिन पाउँछ । त्यो खाताको पैसा बालिक भएपछि उनले प्रयोग गर्न सक्छिन् ।

यसले पनि पुष्टी गर्छ कि नबिल धनी मान्छेको मात्र बैंक होइन, नबिल सबैको बैंक हो र सबैको आर्थिक समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी सचेत छौं । निक्षेप वा ऋणको मुद्दामा हामीले भेदभाव कहिल्यै गरेका छैनौं ।
आम ग्राहकलाई के भन्न चाहनुहुन्छ ?

नबिल बैंकले ३७ वर्षदेखि लगातार सेवा प्रदान गर्दै आएको छ । बजारमा स्थापित भइसकेको कारण यसको परीक्षण राम्ररी भइसकोको छ । यसको यात्रामा आएका चुनौतीहरु तत्काल समाधान गरेको अनुभव हामीसँग छ । एउटा परिवारलाई चाहिने बैंकिंग सुविधा र एउटा व्यापारिक समूहमा चाहिने सबै बैकिङ सुविधा र खाताका किसिमहरु नबिलसँग छ । निक्षेपको आकारका सुविधाहरु पनि नबिलसँग छ । त्यसमा पाइने विविध सेवा र सुविधाहरु छन् ।

हामीले प्रदान गर्ने सेवाहरु आम प्रयोगकर्ताले मन पराउनुहुन्छ भन्ने विश्वास हो । यी सबै सेवाहरु अनुसन्धान गरेर ल्याइएका कारण गाहकलाई पनि मन पर्छ भन्ने लाग्छ ।

समस्या एक जनाको मात्र समाधान गरेर पुग्दैन । समस्या दोहोरिन नदिन अब प्रणालीमा नै समाधान खोज्न पर्छ भन्ने हामी सोच्दैछौं । त्यसकारण अन्यत्र समस्या भोगेका ग्राहकको पनि हामी ‘क्रिटीकल’ रुपमा समाधान खोजिरहेका हुन्छौं । त्यसकारण नबिल बैंकमा ढुक्क भएर खाता खोल्नुहोस् । हामीसँग भएका खाता र तिनका प्रकार अनि स्किमको प्रयोग गर्नुहोस् र यसको भरपुर फाइदा उठाउनुहोस् भन्न चाहन्छु ।

नबिलसँग अहिले ग्राहकको संख्या कति छ ?

हामीसँग अहिले साढे आठ लाखको हाराहारीमा ग्राहकहरु छन् । हामी अझै ग्राहक बढाउन युद्धस्तरमा काम गरिरहेका छौं । हरेक दिन एक डेढ हजार ग्राहक बढिरहेका पनि छन् । भरोसायोग्य बैंक भएको कारण नबिलमा ग्राहकले संकोच नमानी खाता खोल्न ग्राहकहरु इच्छुक हुनुहुन्छ ।

नबिल बैँकले प्रदान गर्ने स्वास्थ्य बीमाका बारेमा पनि केही जानकारी दिनुहुन्छ कि ? 

हाम्रो बीमा प्याकेजले हाम्रा ग्राहकहरुलाई कुनै पनि अप्रत्याशित घटनाहरुबाट सुरक्षित राखी पूर्ण रुपमा शान्त मनोस्थिती प्रदान गर्दछ ।  यसमा प्राणघातक रोगहरु क्यान्सर, स्ट्रोक लगायतका रोगहरु समावेश छन् । हामीसँग यस्ता रोगहरुको सूचि नै छ । ती रोग लागेको खण्डमा हामी तपाईंसँगै छौं भनेको हो । त्यस्ता प्राणघातक रोग लाग्दा हाम्रो बैंकको माध्यमबाट ग्राहकले सुविधा प्राप्त गर्न सक्नुहुन्छ । दैनिक मौज्दात ३५ हजार रुपैयाँ वा बढी राख्ने जुनसुकै प्रकारका व्यक्तिगत बचत खातावालाहरुलाई : Major Cancers, Strokes, First Heart Attack, Serious Coronary Artery Disease, Heart Valve Surgery, Primary Pulmonary Hypertension, End–Stage Lung Disease, End–Stage Liver Failure, Fulminant Hepatitis, Kidney Failure, Coma, Aplastic, Anaemia, Major Organ/Bone Marrow Transplantation गरी १३ वटा घातक रोगहरुको उपचारार्थ रु ३ लाख रुपैयाँको घातक रोग बीमा कभरेज प्रदान गर्दछौँ ।

नबिलले नयाँ सजिला सुविधाहरु थपिराखेको भन्ने सुनिएको छ । यसैमा एटीएम क्यास डिपोजिट पनि हो ? यो कसरी प्रयोग गर्ने हो ?

एटीएम क्यास डिपोजिट हामीले १०-१५ मिनेटसम्म एकजना ग्राहकले बैंकमा पैसा जम्मा गर्न टोकन लिएर पर्खन पर्ने समस्यालाई समाधान गर्न ल्याएको मेसिन हो । छिटै बैंकमा गएर पैसा जम्मा गरेर आफ्नो काममा जान्छु भनेर घरबाट आएको ग्राहकभन्दा अघि नै चार जना मान्छे बैंकमा लाइन बसिसकेका हुन्छन् । नबिलले यसको झन्झट समाधान गर्न चाहेको हो । डिपोजिट गरेर अर्को ठाउँमा जानुपर्ने काम होला, यस्तोमा ग्राहकको समय बचाइदिनु बैंकको कर्तव्य हो भन्ने हामीले बुझ्यौं ।

अब त्यो मेसिनबाटै गर्न मिल्ने भएपछि ग्राहकले एटीएममा गएर आफ्नो खाता नम्बर राख्नुहुन्छ । कति पैसा राख्ने हो त्यो थिच्नुहुन्छ र त्यसैमा पैसा राख्नुहुन्छ । मेसिनले पैसा तानेर लिन्छ जसरी पैसा झिक्दा मेसिनले पैसा दिने गर्दथ्यो । पैसा झिक्दा जसरी हामी बटनहरु थिच्छौं, त्यसमा पनि यो गर्ने हो भनेर सोधिराखेको हुन्छ । त्यसपछि खातामा पैसा जम्मा हुन्छ । ग्राहकले भौचर लिएर फर्कदा भयो ।

कसरी प्रयोग गर्ने हो त ? कति जति डिपोजिट गर्न सकिन्छ ?

त्यसमा पैसा राख्ने कि झिक्ने भनेर सोधिराखेको हुन्छ । एकाउन्ट नम्बर र मोबाईल नम्बर माग्छ त्यो हालिसके पछि कति राख्ने भनेर सोध्छ तपाईंले राख्न चाहेको रकम कन्फर्म गर्नुहुन्छ । त्यसपछि पैसा राख्न भनिएको हुन्छ ।

तपाईंले राखेको पैसा र लेखेको अमाउन्ट म्याच भइपछि मेसिनले पैसा तान्छ । त्यसपछि मेसिनले तपाईंलाई भौचर दिन्छ । सजिलो छ । ग्राहकहरुले मेशिनमा १ हजार, ५ सय र १ सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् , क्यास झिक्दा प्रयोग गरेजस्तै यसको प्रयोग हुन्छ ।