नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार आफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले हिमालय पोष्टलाई जानकारी दियो ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए । बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । २ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट ।


ADVERTISEMENT

# # #


उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।