प्ले अफको पहिलो लेगमा स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको विश्वकप छनोटको सम्भावना थप कठिन बनेको छ ।
गएराती स्वीडेनको घरेलु मैदान फ्रेण्डस एरिनामा पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि खेलको ६१ औँ मिनेटमा जाकोव जोहानसनले गोल गर्दै स्विडेनको विश्वकप प्रवेशको सम्भावना कायमै राखेका हुन् ।
६४ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि इटालीले गोल गर्न नसक्दा महत्वपूर्ण खेल गुमाएको हो ।
सन् १९५८ यता हरेक विश्वकपमा सहभागी इटालीलाई पछिल्लो हारले ठूलो धक्का लागेको छ । प्ले अफ अन्तर्गत गएरातीका अन्य खेलमा होण्डुरस र अष्ट्रेलियाले गोलरहित बराबरी खेलेका छन् ।
उता अफ्रिकी मुलुक सेनेगलले रसिया विश्वकपमा स्थान बनाएको छ । दक्षिण अफ्रिकालाई गएराती २–० ले पराजित गर्दै उसले अफ्रिका महादेशको समुह डीबाट रसियाको टिकट पक्का गरेको हो । त्यस्तै अल्जेरीयाँंग १–१ को बरारी खेलेको नाइजेरियाले पनि समुह बीबाट रसिया विश्वकपमा स्थान बनाएको छ ।
प्ले अफ अन्र्तगत आज न्युजिल्याण्ड र पेरुबीच प्रतिस्पर्धा हुनेछ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT