काठमाडौं –सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सरकारले हालै यी देशबाट राजदूत फिर्ता बोलाएको थियो । यसअघि अमेरिकामा डा. युवराज खतिवडा, भारतमा निलाम्बर आचार्य र बेलायतमा लोकदर्शन रेग्मी राजदूत थिए ।