दुहवी । वाम गठवन्धनका नेताहरुले सुनसरी क्षेत्र नम्वर ३ मा लोकतान्त्रिक शक्तिलाई परास्त गर्ने क्षमता आफूहरु सँग रहेको दावी गरेका छन । सुनसरीको दुहवीमा वडा स्तरीय संयोजक तथा जनवर्गीय संगठनहरुका लागि आयोजित प्रशिक्षणमा नेताहरुले त्यस्तो दावी गरेका हुन । उनीहरुले गाँउ गाँउमा वामशक्ति तर्फ आकर्षण वढिरहेको वताए ।


ADVERTISEMENT


सुनसरी ३ का जनता परिवर्तनको पक्षमा रहेकाले भगवति चौधरीको जीतलाई कुनै पनि शक्तिले छेक्न नसक्ने वामगठवन्धनका नेताहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सन्तोष चौधरी,एमाले सुनसरी इन्र्चाज धर्म निरौला, माओवादी केन्द्रकी सुनसरी इन्र्चाज रामकुमारी चौधरी एमाले सुनसरीका सचिवालय सदस्य राम प्रसाद चौलागाई लगायतले सम्वोधन गरेका छन् ।