हेटौंडा  – बाागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नयाँ सरकार बनाउन सहयोग पुगोस् भनी राजिनामा दिएको बताएकी छन् ।


ADVERTISEMENT


शाक्यले छोटो समयमै मूख्य पदबाट राजीनामा दिँदै यस्तो बताएकी हुन्  । शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दल नेकपा एमालेकी नेताका रूपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् । पार्टी विभाजनको प्रत्यक्ष प्रभावस्वरूप उनले ७१ दिनपछि सत्ताबाट बहिर्गमन हुनुपरेको छ ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने पक्का भएपछि संसद्मा सम्बोधन गर्दै राजीनामा घोषणा गरेकी हुन् । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । प्रदेशसभाको बुधबारकोे बैठकमा उनले यस्तो घोषणा गरेकी थिइन् ।

त्यसलगत्तै उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले नेपालको संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएका छन् । उनले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएका छन् ।