काठमाडौँ – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्यले पदबाट राजीनामा दिएकी छन् । अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन् ।


ADVERTISEMENT


सम्बोधनका क्रममा उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव दर्ता गरेकी शाक्यले आज विश्वासको मत लिने कार्यतालिका तय थियो । तर शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेकाले राजीनामा दिएर मार्गप्रशस्त गरेको उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौँ । आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’

यससँगै अब बाग्मतीमा पवाँचदलीय गठबन्धनको सरकार बन्ने छ । गठबन्धनले नेकपा एकीकृत समाजवादी बाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिसकिएको छ ।