एसियाली महारथी जापानलाई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा ब्राजिलले हराएको छ । घरेलु मैदानमा भएको खेलमा नेइमारको टिम ब्राजिलले जापानलाई ३–१ ले हराएको हो । आउँदो वर्ष रुपमा हुने विश्वकप फुटबलको तयारी स्वरूप खेलिएको खेलमा ब्राजिललाई जिताउन नेइमार, मार्सेलो र गाब्रिएल जिससले गोल गरे । जापानका लागि मानिनोले एक गोल फर्काएका थिए ।


ADVERTISEMENT


ब्राजिलले तीनै गोल पहिलो हाफमा नै गरेको हो । खेलको १० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाए । १६ औं मिनेटमा फेरि ब्राजिलले पेनाल्टी पाएको थियो । त्यसमा भने नेइमार गोल गर्नबाट चुके । त्यसको एक मिनेटपछि नै मार्सेलोले ब्राजिलका लागि गोल गरे । ३६ औं मिनेटमा जिससले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ३–० को अग्रता लियो ।


ADVERTISEMENT

# # #


दोस्रो हाफमा निकै आक्रमक खेलेको पाहुना टोली जापानले ६२ औं मिनेटमा मोकिनले जापानका लागि एक गोल फर्काए। त्यसपछि ब्राजिललाई रोकेपनि थप गोल गर्न नस्कदा भ्रमणकारी टोली जापान ३-१ले पराजित हुन पुग्यो ।