काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च अदालतका १४ जना न्यायाधीशबीच छलफल शुरू भएको छ ।


ADVERTISEMENT


पछिल्लो समय प्रधानन्यायाधीश राणाको विषयमा उठेको विवाद सम्बन्धमा सो छलफल शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश राणाले मन्त्रीपरिषद् र संवैधानिक परिषद्का नियुक्तिहरुमा भागबण्डा खोजेको र उनकै कारण सिंगो न्यायलयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै यसअघि नै न्यायाधीहरुले असन्तुष्टी जनाउँदै छलफलमा जुटेका थिए । उनीहरुले शुक्रबार सात न्यायाधीश र आइतबार उपस्थित सबै न्यायाधीशले प्रधानन्यायाधीश राणाबारे छलफल गरेका थिए ।

न्यायापालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायधीशले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायधीश राणाले आजको छलफल थालेका हुन् ।

यस्तै, प्रधानन्यायाधीश जबराले सोमबार नै हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए । तर, १४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गरेका थिए ।

पहिला प्रधानन्यायाधीश राणालाई प्रत्यक्ष भेटेर यी विषयमा कुरा गर्नुपर्ने कतिपयको धारणा थियो । अन्त्यमा प्रधानन्यायाधीशलाई भेट्ने र उनका कुरा सुनेपछि आफ्ना धारणा सार्वजनिक गर्ने शर्तसहित सबै न्यायाधीश मंगलबार छलफलमा उपस्थित भएका छन् ।