काठमाडौं – सुडानमा सैन्य कू को विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ । एक सय ४० जनाभन्दा धेरै घाइते भएका छन् ।


ADVERTISEMENT


केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ । हिजो प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिए पछि सुडानमा विरोध प्रदर्शन भएको थियो । सुडानसँगै सैन्य कू को विश्वभर निन्दा भएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकाले केही आर्थिक सहयोग समेत रोकेको छ । यसैबीच सुडानमा सेनाले सरकार विघटन गर्दै सङ्कटकालको घोषणा गरेको छ । सेनाले २०२३ को जुलाईमा चुनाव गर्ने पनि घोषणा गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले भने सेनाको निर्णयविरुद्ध सडकमा आउन आह्वान गरेको छ । सुडानमा शासक ओमार अल–बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरी सङ्क्रमणकालीन सरकार गठन गरेपछि सैनिक र नेताहरूबीच मतभेद थियो । एजेन्सीको सहयोगमा