काठमाडौं – नेपालको अर्बौं रुपैयाँ बचत गर्नका लागि सरकारले नेपालीको भान्साबाट बिजुलीले ग्यासको प्रतिस्थापन गर्ने रणनीति  निर्माण गर्ने भएको छ।


ADVERTISEMENT


यसका लागि सरकारले ग्यास प्रतिस्थापन रणनीतिको खाका कोर्ने जिम्मेवारी मुख्यसचिव शंकरदास बैरागीलाई दिइएको छ।


ADVERTISEMENT

# # #


नेपालले हाल भारतसँग खाना पकाउने ग्यासको लागि प्रत्येक वर्ष भारतसँग मनग्गे रकम खर्च गरेर खरिद गर्दै आएकोमा अब त्यसलाई प्रतिस्थापन गर्ने रणनीति बनाउन लागेको हो ।

नेपालमा विद्युत् उत्पादन समेत वृद्धि हुँदै जाँदा सरकार आयातित एलपी ग्यासलाई स्वदेशमै उत्पादित विद्युतले प्रतिस्थापन गर्ने बाटोमा अग्रसर भएको हो।

मुख्यसचिव बैरागीको नेतृत्वमा ग्यास विस्थापन र विद्युत् खपत बढाउने रणनीतिको खाका तयार गर्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।