काठमाडौँ– पूर्व गृहमन्त्री तथा विना विभागीय मन्त्री जनार्दन शर्मा सवार गाडीमाथी रेडबुलको बट्टामा विष्फोटक पदार्थ भरेर विष्फोट गराइएको छ । निर्वाचनको प्रचारमा रहेका बेला उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका ८ मा उक्त विष्फोटक पदार्थ विष्फोट गराइएको प्रहरीले पुष्टी गरेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपानेका अनुसार चौरजहारी उपत्यकाको चुनावी सभा र घेरदैलो सकेर सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गरेको बेला प्रचार टोली माथी सडक माथिबाट रेडबुलको बट्टा प्रहार भएको हो ।


ADVERTISEMENT

# # #


शुक्रबार विहान करिव ९ बजे तिर मन्त्री शर्माको गाडीमा रेडबुलको बोतलमा विष्फोटक पदार्थ बिष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डीएसपी राजेन्द्र धमलाले जानकारी दिए । गाडीलाई लक्षित गरेर बम प्रहार गरे पनि उच्च सतर्कताका कारण कुनै क्षति नभएको जनाइएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।