काठमाडौं – नेकपा (एमाले)को आज मुलुकभर वडास्तरका अधिवेशन शुरु भएको छ । केन्द्रीय कार्यलमा आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका वडा अधिवेशन उद्घटान गरेका हुन्।


ADVERTISEMENT


आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।


ADVERTISEMENT

# # #


अधिवेशन उद्घाटनपछि ओलीले सम्बोधन शुरु गरेका छन् । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने छ।

आजै ६ हजार भन्दा बढी वडामा एमालेको नयाँ नेतृत्व आउने छ। यद्यपि, बाढीपहिरो प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुनेछैन ।

एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ । आज अधिवेशन हुन नसकेका वडाहरुको अधिवेशन चाँडै सम्पन्न नगर्न पनि ओलीले निर्देशन दिए । एकै पटक देशभरको यसरी वडा अधिवेशन गर्ने पार्टी एमाले मात्रै रहेको ओलीले दावी गरे।