कञ्चनपुर – महाकाली नदीमा २२ घण्टादेखि फेसेकी नेपाली स्थानीय शान्ति नायकले सेनाले डोरीको सहायताबाट उद्धार गरेपछि खुसीले भक्कानिँदै आफूहरुले दोस्रो जीवन पाएको बताइन् ।


ADVERTISEMENT


“रातभरि बगेर आएको रुखको सहरामा बस्यौँ”, उनले भनिन्, “बाँचिएला भन्ने आश मरिसकेको थियो ।” उनले आफ्नो परिवार लामो समयदेखि कुखुरापालन र कृषि कार्य गर्दै आएको बताए ।


ADVERTISEMENT

# # #


करिब ४५ देखि ५० परिवार रहेको मसेटट्टीमा बाढीको त्रासदीपछि सोमबार राति कसैको पनि घरमा चुल्हो नबलेको स्थानीय हरिस साउँदले बताए । उनले बाढीले एक दर्जन घरसमेत महाकालीले बगाएको बताए ।

स्थानीयले राति नायक परिवार थुनिएको थाहापाएलगत्तै स्थानीय प्रशासनमा खबर गरेको साउँदको भनाइ थियो । आज दिउँसो पछि त टेलिफोन र बिजुलीसितको पनि सम्बन्ध विच्छेद हुँदा झन् तनाव भयो ।” स्थानीय गोमती धामीले भनिन्, “हेलिकप्टर आएको देखेपछि खुसीको सीमा रहेन ।” उनले गाउँलेको जीवन बचाउन सहयोग गरेकोप्रति सेनाको टोलीलाई धन्यवाद दिए ।

सेनाले मसेट्टीको साँघुरो खेतमा हेलिकप्टर ल्याण्ड गरेर उद्धार थालेको थियो । पहिलो चरणमा सेनाले उद्धार गरेकी दीर्घमती देवी खड्काले सेना उद्धारका लागि आएको देख्दा भगवान् आएको अनुभूति भएको बताइन् ।

“रातभर भगवान्को नाम जपेर बस्यौँ”, उभनिन्, “जिन्दगी यत्ति हो भन्ने लागेको थियो, धन्य सेना आएर बचाए ।” उनले आफूहरु महाकालीमा थुनिएको पीडा शब्दले व्यक्त गर्न नसक्ने बताइन् । महाकाली नदीमा दशकौँयता सबैभन्दा ठूलो बाढी आएको थियो ।

आज दिउँसो नदीमा पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । अहिले पानी घट्ने क्रममा छ । महाकालीमा आएको बाढीका कारण तटीय क्षेत्रमा डुबान पर्नुका साथै जोखिम बढेको छ ।