काठमाडौं – प्रहरीले काठमाडौँको गोकर्णेश्वरमा तास खेलिरहेकोअवस्थामा ११ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुरका ३४ वर्षीय असल बलको कोठाबाट बलसहित ११ जना पक्राउ परेका हुन् र


ADVERTISEMENT


महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।