काठमाडौँ – पहिलो पटक साफ च्याम्पियनसिपको उपाधी जित्ने नेपालको सपना अधुरै रहेको छ । साफको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल शनिबार भारतसँग ३–० ले पराजित भएको हो ।


ADVERTISEMENT


माल्दिभ्समा भएको फाइनलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा ३ गोल खाएको हो ।


ADVERTISEMENT

# # #


भारतका लागि कप्तान सुनिल क्षेत्रीले ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । यस्तै सुरेश सिंह वांग्जमले ५० औँ मिनेटमा गोल गर्दा सहद अब्दुल समदले ९१ औँ मिनेटमा गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।

नेपालका भरपर्दा स्ट्राइकर अञ्जन विष्ट यसअघिका दुई खेलमा लगातार पहेँलो कार्ड पाएपछि फाइनलमा निलम्बनमा परेका थिए । प्रतियोगितामा नेपालका लागि दुई गोल गरेका उनी बिना नै नेपाल फाइनल उत्रिएको थियो ।

यस्तै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि दुई खेलमा लगातार पहेँलो कार्ड पाएपछिनिलम्बनमा परेका थिए । उनले दर्शकदीर्घाबाट नै खेल हर्नु परेको थियो ।