काठमाडौँ – नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । माल्दिभ्समा जारी १३ औँ संस्करणको साफमा मंगलबार बंगलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै साफको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।


ADVERTISEMENT


नेपालले पहिलो हाफको नवौँ मिनेटमै गोल खान पुग्यो । बंगलादेशका लागि सुमोन रेजाले खेलको नवौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर, खेलको अन्तिममा नेपालले का लागि बंगलादेशविरुद्ध अञ्जन विष्टले ८८ औँ निमेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा ३ खेलमध्य दुईमा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेको नेपालका लागि फाइनल पुग्नका लागि जित वा बराबरी अनिवार्य थियो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भने भारतसँग नेपाल १–० ले पराजित भएको थियो । यससँगै ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अंकका साथ प्रतियोगिताको समूह चरण पूरा गरेको छ ।

नेपालले फाइनलमा अब भारत र माल्दभ्सिबीचको विजेतासँग फाइनल उपाधिका लागि भिड्ने छ ।  भारत र माल्दिभ्सबीचको उक्त खेल बराबरी भएमा आयोजक माल्दिभ्स फाइनल पुग्नेछ । माल्दिभ्सको ३ खेलमा २ जित र १ हारसहित ६ अंक रहेको छ भने भारतको ३ खेलमा १ जित र २ बराबरीसहित ५ अंक रहेको छ ।