मुगु – मुगुमा बस दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दुर्घटना भएको हो ।


ADVERTISEMENT


दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा बस दुर्घटना भएको प्रहारीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट २२ जनाभन्दा बढीको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


दर्जनौँ यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । बसमा ३९ जनाभन्दा बढी यात्रु थिए ।