काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएकाले प्रशासनले हस्तक्षेप गरेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्र बनाउने स्थलमा आएर घर टहरा बनाएर बस्नेका संख्या बढ्दै गएकाले प्रशासले हस्तक्षेप गरेको बताएका हुन् । प्रशासनले पटक पटक हट्न आग्रह गर्दा पनि नमानेपछि सुरक्षा निकाय पुग्दा आक्रमण भएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


आइतबारको घटनामा सशस्त्र प्रहरीका १९ जना, जनपथका २४ भन्दा बढी घाइते भएको र प्रहरीले आफ्नो जीवनरक्षाका लागि गोली चलाउदा चार जनाको मृत्यु भएको गृहमन्त्रीले बताए ।

उनले घटनाका बारेमा सरकार दुखी रहेको र सरकार संवादबाटै समाधान खोज्न तयार रहेको धारणा राखे । गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रको जग्गालाई अतिक्रमण हुन नदिने स्पष्ट पारे ।

मोतिपुर क्षेत्रमा जग्गा कब्जा गर्न गएको समूह र प्रहरीको झडपमा चारजनाको मृत्यु र दर्जनौं घाइते भएका थिए ।