काठमाडौं –  हास्यकलाकार मनोज गजुरेलले दोस्रोपटक विवाह गरेका छन् । सामाजिक सञ्जालमा विवाहको फोटो पोस्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै विवाहको जानकारी बाँढेपछि विवाहको खुलासा भएको हो ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जालमा तीन वटा फोटो राख्दै विवाहको बारेमा जानकारी दिएका छन् । उनले न्यायसेवाकी अधिकृत मञ्जु पोख्रेलसँग विवाह गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


गजुरेलले लेखेको क्याप्सन यस्तो छ :

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी 
जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।