काठमाडौं – नेपाली बजारमा आइतवार सुनको मूल्य शुक्रवारको तुलनामा सय रुपैंयाले ले बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला  ९० हजार ७०० रुपैंयामा कारोबार भएको हो ।


ADVERTISEMENT

# # #


शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला  ९० हजार ६०० रुपैंयामा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला सय रुपैंयाले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २५० रुपैंयामा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला  ९० हजार १५० रुपैंयामा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला १ हजार १७० रुपैंयामा कारोबार भएको चाँदी आइतवार  १ हजार १७५ रुपैंयामा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी ५ रुपैंयाले बढेको हो ।