बर्दिया – बर्दियामा जङ्गली हात्तीले कुल्चँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेका प्रहरीले जनाएको छ।


ADVERTISEMENT


राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीले आक्रमण गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।


ADVERTISEMENT

# # #


घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको प्रहरीले अनुमान गरेको छ। उनको शव प्रहरीले आज बिहान फेला पारेको हो।

मृतकको शरीरमा हात्तीले कुल्चिएको डाम देखिनुका साथै घटनास्थल वरपर हात्तीका पाइला देखिएको कार्कीले बताए।