काठमाडौं – साफ च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल भारतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार ९स्४५ बजे माल्दिम्सको मालेमा हुँदैछ । सुरुका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको नेपाल साफ यात्राको सुखद लयमा रहेको छ ।


ADVERTISEMENT


भारतलाई पनि आजको खेलमा पराजित गर्दै सुखद लयलाई कायमै राख्ने नेपालको लक्ष्य छ । तर त्यो त्यति सजिलो भने पक्कै छैन । किनकी भारत नेपाल भन्दा धेरै बलियो टीम हो । भारत फिफा र्याङ्किङको १०७ स्थानमा रहेको टीम हो भने नेपाल फिफा र्याङकिङको नेपाल १६८ औं स्थानमा रहेको छ । यसरी हेर्दा नेपाल भारतको फिफा र्याङकिङमा ६१ स्थान तलमाथि छ ।


ADVERTISEMENT

# # #


यसअघिको नेपाल भारत भेट पनि नेपालको लागि त्यति सम्झन लायक भने छैन । हालसम्म नेपाल भारतबीच २१ खेल भएका छन् । जसमा १४ खेलमा भारत हावी भएको थियो । नेपालले २ खेलमा मात्रै आफ्नो पक्षमा नतिजा निकालेको थियो ।

त्यस्तै ५ खेल बराबरीमा रोकेको थियो । नेपालले भारतसँग पछिल्लो पटक दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एकमा बराबरी र एक खेलमा हार बेहोरेको थियो ।

पहिलो खेलमा भारतसँग नेपाले १-१ को बराबरी खेलेको थियो भने दास्रोमा नेपाल १-२ ले पराजित भएको थियो । यी बिगतलाई बिर्सिएर जारी साफलाई मात्रै हेर्ने हो भने नेपालका लागि भने सुखद रहेको छ ।

किनकी भारतले २ खेलबाट २ अंक मात्रै बनार तालिकाको चौँथो स्थानमा रहेको छ । जबकी नेपलले दुई खेलबाटै ६ अंक जोडेको छ । नेपालले पराजित गरेका श्रीलङ्कासँग भारले बराबरी मात्रै खेलेको छ । यी पक्षहरुले भने नेपाललाई भारतबिरुद्ध जित निकाल्ने हौसला प्रदान गरेको छ ।

यता नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पनि नेपाललाई हार्न छुट नभएको बताउँछन् । भारतले जित्ने ९५ प्रतिशत सम्भावना रहेको भएपनि नेपाल पनि हार्नका लागि नखेल्ने बताए । भारतीय टीम जति नै बलियो भएपनि नेपाल नडराई खेल्ने बताए ।

उनले नेपालले जित्ने सम्भावना न्यून रहेपनि त्यो न्युन सम्भावनालाई नै साकार बनाउने दावी गरे ।

उनले शनिबार माल्दिभ्समा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो, सात पटकको विजेता हो । यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ। भोलिको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ, बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ। ‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । हामी जित्नका लागि प्रयास गर्नेछौं।’

त्यस्तै नेपाली टीमका कप्तान किरण चेम्जोङले पनि नेपालले जितकै लागि खेल्ने र जितेरै छोड्ने बताएका छन् । उनले भारतलाई जित्ने आफ्नो व्यक्तिगत चाहनामात्रै नभइ सम्पूर्ण नेपालीको चाहान भएको बताए । उनले आजको खेल जितेर सम्पूर्ण नेपालीको सपना साकार बनाउने बताए ।