काठमाडौँ– नेकपा(एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ।


ADVERTISEMENT


बिहिवार राति अबेरसम्म बसेको नेताहरुको बैठकले समाजवादी पार्टीअन्तर्गत बन्ने मन्त्रीहरुको चयन प्रकृया पुरा गरेको हो ।


ADVERTISEMENT

# # #


जसअन्तर्गत एकीकृत समाजवादीबाट समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्री स्वास्थ्य मन्त्री बन्ने चर्चा छ । सांसद विरोध खतिवडा र झाँक्री मध्ये एक जनाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउने पक्का भएको नेकपा सत्ता गठबन्धनका एक नेताले जानकारी दिएका हुन् ।

नेकपा(एकीकृत समाजवादी) ले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि भएपछि हाल स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठको भने बढुवा हुने सम्भावना देखिएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई कुनै महत्वपूर्ण मन्त्रालयको जिम्मवारी दिने तयारी प्रधानमन्त्रीको छ । बालुवाटार निकट स्रोतले जनाए अनुसार श्रेष्ठलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

यसैगरि झाँक्रीसंगै राज्यमन्त्री हुनेमा विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ रहेका छन् ।

मन्त्रीपरिषद चयन भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनीहरुलाई आजै शपथ गर्ने तयारी रहेको बुझिएको छ ।