भद्रपुर– आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।


ADVERTISEMENT


कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा आयकर रु १७ करोड ८५ लाख ६२ हजार, बहाल कर रु दुई करोड छ लाख ५३ हजार, ब्याजकर रु दुई करोड ९० लाख ५२ हजार, मूल्य अभिवृद्धि कर रु २१ करोड १८ लाख ५३ हजार, अन्तःशुल्क रु १० करोड ३० लाख १९ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ३२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु ३९ लाख ४६ हजार रहेको छ ।


ADVERTISEMENT

# # #


करदाता सेवा कार्यालय इलाम र दमकमा रहेका यस कार्यालयको शाखाबाट समेत गरेर सो राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिए ।