काठमाडौं– स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा प्राप्त गर्ने ऐश्वर्यारानी सिंह प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा सम्मानित भएकी छन् ।


ADVERTISEMENT


उनलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रममा देउवाले सिंहलाई चान्सलर पदक प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


सिंहले काठमाडौं विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा ४.०० जीपीए अंक हासिल गर्दै उत्कृष्ट नतिजा प्राप्त गरेकी थिइन् ।

काठमाडौं विश्वविद्यालयमा अध्ययनरत सबै विषयको स्नातकोत्तर तहको विद्यार्थीलाई उछिनेकी सिंहले उच्च मुल्याङ्कन र सम्मानस्वरुप च्यान्सलर पदक प्राप्त गरेकी हुन् ।