काठमाडौँ – यात्रुवाहक सवारी साधानलाई बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला गरिएको छ ।


ADVERTISEMENT


दसैंका लागि आवतजावत सजिलो पार्न यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने गरी परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि विभागले तोकेको क्षेत्रमा मात्र सार्वजनिक सवारी सञ्चालन गर्नपाउने व्यवस्था रहेकाले अब पूर्णिमासम्म मुलुकका जुनसुकै स्थानमा पनि सार्वजनिक सवारी सञ्चालन गर्न सक्ने विभागको भनाइ छ । यस्तै चाडपर्वका बेला काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । मन्त्रालयले ट्याक्सीमा भने भाडा समायोजन नगरेको जनाएको छ ।