काठमाडौं – करीब ९ महिना पूर्ण रुपमा बन्द रहेका सिनेमा घरहरु आजबाट सञ्चालनमा आएका छन् ।


ADVERTISEMENT


कोरोना महामारीका कारण पहिलो लकडाउनमा पनि नेपालका सिनेमा घरहरु बन्दकै अवस्थामा रहेका थिए ।


ADVERTISEMENT

# # #


गत वर्षको पुष अन्तिममा सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिए पनि कोरोनाको दोस्रो लहर सुरु भएपछि तीन महिनामै हल बन्द भए । जसका कारण चलचित्रकर्मी र व्यवसायीलाई ठूलो क्षती भयो ।

आजबाट फिल्म हल सञ्चालनमा आए पनि खासै उपस्थिति भने नभएको हल व्यवसायीको गुनासो छ ।

संक्रमणको ग्राफ ओरालो लाग्न थालेपछि गत महिना सरकारले स्वास्थ्य सुरक्षा अपनाएर हल खोल्न अनुमति दिएको हो  । तर, प्रदर्शनका लागि फिल्म नहुँदा हल बन्दको बन्दै थिए ।