काठमाडौं – काठमाडौं महानगरपालिकामा भोलिदेखि कोरोनाभाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा ( पहिलो पटक लगाउनेका लागि ) लगाइने भएको छ ।


ADVERTISEMENT


महानगरले सूचना जारी गर्दै ३२ वटा वडास्थित खोप केन्द्रबाट खोप लगाइने जनाएको छ ।


ADVERTISEMENT

# # #


१८ वर्ष पुरा भएको सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जादाँ फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता लिएर वडामा खोप लगाउन सक्ने छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सकिने छ ।

काठमाडौँ महानगरपालिकामा थप पाँच खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, श्री बिरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।