काठमाडौं – मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता उसले सिया जातीय समुदायका हजारा अल्पसंख्यकको हत्या भएको आरोप लगाएको छ।


ADVERTISEMENT


तालिबानले सिया सम्प्रदायको विचारधारा अस्वीकार गर्छन् । एमनेस्टीले भनेको छ– इस्लामी अतिवादीले दायाकुन्दी सुबेमा गत अगस्टमा हजारा समुदायका १३ जनाको हत्या गरेका छन्।


ADVERTISEMENT

# # #


बीबीसी फारसी सेवाको रिपोर्टअनुसार तालिबानले भने एमनेस्टी इन्टरनेसनलको आरोप अस्वीकार गरेको छ।

तालिबानले गत अगस्ट १५ देखि अफगानिस्तानको सत्ता कब्जा गरेको हो।