काठमाडौं– माया प्रेम भन्दा फरक जिन्दगीको यथार्थलाई प्रस्तुत गरिएको ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।


ADVERTISEMENT


सो गीत गत शुक्रबार हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


यस गीतमा मुर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। मन्जुल मितेरीको नै गीतमा शब्द , संगीत रहेको छ। गीतमा वादल लिम्बुको संगीत संयोजन रहेको छ।

भिडियोको सम्पूर्ण छायांकन साइप्रसमा गरिएको हो। आना होन्छेनले छायांकन गरेको भिडियोमा आरोशी थापा र दीपेश मगर फिचर्ड छन्। अनिल रानाले भिडियोलाई सम्पादन गरेका हुन्।

ए एस ए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक गरिएको यस भिडियोलाई गीतकार सरिता लिङ्देनले निर्देशनमा तयार पारिएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो हेर्नुहोस् :