काठमाडौँ– भारतमा पेट्रोलियम पदार्थको मुल्य हालसम्मकै उच्च भएको छ ।


ADVERTISEMENT


आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको हो ।


ADVERTISEMENT

# # #


यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ ।

आफै क्रुड आयल खरीद र प्रशोधित गरी इन्धन विक्री गर्ने भारतमा राज्यले लगाउने करका आधारमा इन्धनको मुल्य स्थानपिच्छे फर–फरक हुने गर्दछ । जसअन्तर्गत दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ९०.७७ भारू र मुम्बईमा ९८.४८ भारू पुगेको भारतीय समाचार पत्रिका टाइम्स अफ इन्डियामा उल्लेख छ ।

छिमेकी राष्ट्रभारतमा बढेको प्रेट्रोलियम पदार्थको मूल्यको असर नेपाली बजारमा समेत पर्नसक्ने र यसबाट निगम घाटामा जानसक्ने नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेशन आईओसी बाट नयाँ मूल्यसूची निगमले प्राप्त गरिसकेको छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टीतेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रू १ हजार ९६१.८८ लागत पर्ने देखिएको छ ।