काठमाण्डौं-कोलम्बियामा प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी परिमाणको लागूऔषध कोकिन बरामद गरेको छ ।
स्थानीय प्रहरीले कोलम्बियाको उत्तरी क्षेत्रमा केरा खेती रहेको जमिनमा गाडिएको अवस्थामा सो परिमाणको कोकिन बरामद गरेको हो ।
बरामद कोकिनको अन्तर्राष्ट्रिय बजार मुल्य ३६ करोड अमेरिकी डलर बराबर रहेको कोलम्बियाली प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
फार्क विद्रोही सँग भएको बृहत शान्ति सम्झौता पछि प्रहरीले गरेको अनुसन्धानको सबैभन्दा ठूलो सफलता मिलेको राष्ट्रपति जुआन म्यानुअल सान्तोषले बताए ।
सो परिमाणको लागूऔषध कोकिन अपराधिक समूह गल्फ क्लानले लुकाएको प्रहरीको दावी छ ।-आजको कान्तिपुरबाट


ADVERTISEMENT