काठमाण्डौं-बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
तीनै नेताहरु बीच प्रतिष्पर्धा हुने कुरा मतदाता बताउँछन् । तर चुनावमा बाजी कसले मार्ला भन्ने कुरा त निर्वाचनको परिमाणले देखाउँछ ।
मन्त्री मंसुर विकासप्रेमी नेताका रुपमा लोकप्रिय छन् भने फोरम नेपालका अध्यक्ष यादव तराई मधेश आन्दोलनमा खेलेको भूमिकाले चर्चित छन् ।
वाम गठबन्धनले अघि सारेको उम्मेदवार पाण्डे सरल, अनुशासित र इमान्दार नेताको रुपमा चिनिन्छन् ।
त्यसैले निर्वाचन क्षेत्र नं ३ का तीनै उम्मेदवार आफ्नो ठाउँमा बलिया नै रहेकाले तिव्र प्रतिष्पर्धा हुने देखिन्छ । निर्वाचन क्षेत्र नं ३ मा कुल ८४ हजार ६६९ मतदाता रहेका छन् ।


ADVERTISEMENT