काठमाडौं – एनसेल आजियाटा लिमिटेड ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबारबाट संचालनमा ल्याइएको  योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन् । जसमा ५० वा सोभन्दा बढी हरेक रिचार्जमा ६ महिनासम्म बोनसकारुपमा पाईने सेवा, सुविधाहरु समेटिएको कम्पनीले बताएको छ ।


ADVERTISEMENT

# # #


यो योजना अन्तर्गत पहिलोपटक ५० वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले ‘१०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस’ पाउने एनसेलले बताएको छ । त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुट अन्तर्गत रु १ प्रति मिनेटमा भ्वाइस सेवा, रु १ प्रति एमबीमा डेटा सेवा र रु १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्छन् ।

यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समयसिमा रहेको ‘२०० एमबी डेटा’ बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ‘५०० एमबी डेटा’ पाउनेछन् । रु २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाईने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ ।

ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गते सम्म संचालनमा रहनेछ ।