मकवानपुर – मदन भण्डारी लोकमार्ग अन्तर्गत फुर्केचौर श्रीपुरमा बन्न नसकेको सडकखण्डकाबारे नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले योजना प्रमुखर डिजीलाई ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


मदन भण्डारी लोकमार्ग अन्तर्गत फुर्केचौर श्रीपुरको बिच खण्ड फास्ट्रयाक क्रसिङको जङ्गलमा बन्न नसकेको १ हजार २ सय मिटर सडक कालोपत्रे नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् ।


ADVERTISEMENT

# # #


यस अघि पनि यसका कारण पूर्वी मकवानपुरका जनतालाई आवत जावात गर्न ठुलो समस्या परेको नेता बानियाँले बताउँदै आएका थिए ।

योजना आयोगको ध्यानाकर्षण गराउने काममा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले बानियाँलाई साथ दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझाई छलफल गर्दा १० दिन भित्र इस्टमेट तयार गरी दशैं लगत्तै टेन्डर गराउने सहमति भएको कांग्रेस नेता बानियाँले जानकारी दिएका छन् ।

साथै सो सडक दशैंपछि ढलान गर्ने सहमति पनि भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।