काठमाडौँ– हाल सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)सँग करीब अढाइ महिना बागमतीमा कांग्रेसले मुख्यमन्त्री पाउने चर्चा चलिरहेको छ । मुख्यमन्त्री चयनको चर्चासंगै बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनियाको पनि चर्चा चुलिन थालेको छ ।


ADVERTISEMENT


तर, नेपाली कांग्रेसका नेता शेखर कोइराला भने यसको विरुद्ध खनिएका छन् । मुख्यमन्त्रीमा ईन्द्र बाँनियाको विकल्प नहुँदा कोइराला आत्तिएका छन् । जसकारण पनि उनले कांग्रेसलाई प्राप्त सत्ता वा राम्रा अवसरमा अवरोध खडा गर्दै आएको देखिन्छ ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ‘किचन क्याविनेट’भित्र बसेर हालिमुहाली गरेका कोइरालाले कांग्रेसलाई बागमती प्रदेश सरकारको नेतृत्व लिनबाट रोक्ने प्रयास गरेका छन् ।

कांग्रेसलाई सत्ता वा राम्रा अवसर आउँदा विरोध गर्दै आएका उनका यस्ता हर्कत र गतिविधिले कांग्रेसलाई कमजोर बनाएको उनीमाथि आरोप समेत छ । माओवादीसँगको शान्तिवार्ताका क्रममा गिरिजाप्रसाद कोइरालाको कोटरीभित्र बसेर उनले कोइराला परिवारको आलोचना गर्ने नेताहरूलाई ठेगान लगाउन ठूलो भूमिका खेलेको आरोप छ ।

कोइराला परिवारको हालिमुहाली हुँदा सबैभन्दा धेरै अवसर पाएका कोइरालाले आफ्नै पार्टीका नेताहरू बागमती प्रदेशको सरकारमा जान खोज्दा विरोध गरेर ‘हीरो’ बन्न खोजेका हुन् । गिरिजाप्रसाद कोइरालाको पालामा शेखर कोइरालाले बाहिर देखिने भन्दा नदेखिने गरेर अवसर लिएको गुनासो समेत सुनिएका छन् ।

कोइरालाले बागमती प्रदेशमा कांग्रेसले छोटो समयलाई मुख्यमन्त्री लिन गरेको प्रस्ताव आपत्तिजनक रहेको बताउँदै कांग्रेसले सरकारको नेतृत्व पाउने अवसर पाउँदा पनि सत्तामा जान नहुने भनेर कोइरालाले अवरोध सिर्जना गरेका हुन् ।

जसबाट अवसर हुदाँहुदैँ पनि कांग्रेस मोरङबाट प्रतिनिधि सभाको सांसद पदमा नराम्रोसँग हारेका कोइरालाको विरोध गरेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।

‘बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा ९एकीकृत समाजवादी०लाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ’, कोइरालाले भनेका छन्, ‘यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ ।’

कोइरालाले ट्वीट गर्दै संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो? भन्ने प्रश्न समेत तेस्र्याएका छन् ।

‘यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु’, नेता कोइरालाले भनेका छन् ।

कोइरालाले गरेको ट्विट

एमाले विभाजित भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । बागमती सरकार संकटमा परेपछि केन्द्रमा गठबन्धनमा रहेका दलहरूले बागमतीमा पनि नयाँ सरकार बनाउन खोजेका छन् । त्यसपश्चात् कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चासंगै मुख्यमन्त्रीमा नेता बानियाँको चर्चा शुरु भएको हो । आएको छ ।

मंसिर ९–१३ मा हुने कांग्रेसको १४औं महाधिवेशनलाई मध्यनजर गरी बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपछि कांग्रेसमा विवाद बढेको छ । यता बानियाँले भने अढाई महिना आफ्नो नेतृत्वमा सरकार बन्ने कुरा गतल भएको बताएका छन् । यस्तै उनले कोइरालालाई जिम्मेवार नेता भएर बजार हल्लाका आधारमा टिप्पणी नगर्न समेत आग्रह गरेका छन् । अन्यथा बजारको हल्लापछि लाग्ने नेता कांग्रेस नेतृत्वका लागि योग्य नरहने बाँनियको भनाई छ ।