काठमाडौं  – नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एप स्मार्टडोकोले , दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ ।


ADVERTISEMENT


ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु ७५० सम्म), साथैे बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु १५०० सम्म) र माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (रु २१० सम्म) पाउनेछन् ।


ADVERTISEMENT

# # #


दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । त्यसैगरी स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक विभिन्न उपहारहरु जित्न सक्नेछन् । डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी दश जुत्ता र वाइड म्यान जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच जित्न सक्ने कम्पनीले जनाएको छ ।

स्मार्टडोकोले दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ । ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन् । ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन् ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन् । अफर असोज १४ देखि असोज २१, २०७८, सम्म मान्य हुनेछ ।