कैलाली – कैलालीमा आज ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा–४ राजिपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नंको ट्र्याक्टरबाट खसेर सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका अनुसार राजिपुरकै चालक कर्णबहादुर खत्रीले चलाएको ट्र्याक्टरबाट खस्न गई सोही ट्र्याक्टरमा काम गर्ने चौधरी घाइते भएको र उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो । चालक र ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #