काठमाडौँ– ललितपुर नगर प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दे ‘विशेष’ नगर सुरक्षा योजना बनाएको छ ।


ADVERTISEMENT


आउँदो दशैँतिहार एवम् अन्य पर्वहरुलाई लक्षित गर्दै विशेष सुरक्षाका लागि ललितपुर नगर प्रहरीले ‘विशेष’ नगर सुरक्षा योजना बनाएको हो ।


ADVERTISEMENT

# # #


चाडपर्वको मुखमा हुने आपराधिक गतिविधि नियन्त्रण, नगर सुरक्षा, सरसफाईलगायत बजार व्यवस्थित गर्न महानगरका मेयर चिरीबाबु महर्जनले नगर प्रहरीलाई निर्देशन दिएबमोजि प्रहरीले पनि सोहि किसिमले सर्वसाधारणको सुरक्षाका निम्ति आफ्नो सो विशेष योजना ल्याएको हो ।

यसका लागि ललितपुर नगर प्रहरी आवश्यकता अनुसार, चाडपर्वमा नगरमा साइकल गस्ती, बिहान बेलुका र दिउँसो पैदल गस्ती तथा आवश्यकता अनुसार अन्य भौतिक निर्माण र सरसफाईमा नगर प्रहरी खटिनेछन् । यस्तै, नगर प्रहरीलाई २४ सैं घन्टा तैनाथ गरी जनताको फोन आउनासाथ सेवादिन र्‍यापिड टिम तयार पारिएको नगर प्रहरी प्रमुख सितारम हाछेथुले बताए ।

नागरिकले ढुक्क साथ चाडपर्व मनाउन पाउन् भन्ने ध्येयले नागरिकको सुरक्षाका निम्ति २४ सै घन्टे सेवा शुरु गरिसकेको उनको भनाई छ ।