काठमाडौँ – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गरेको छ ।


ADVERTISEMENT


ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा १० बुँदे कार्यान्वयनका विषयमा छलफल भएको हो । धेरै ठाउँमा समस्या भएपनि हल भएको र १० बुँदे समति कार्यान्वयन गर्न पुरानै कार्यदलले कार्य सम्पादन गर्ने एमाले अध्यक्ष केपी ओले निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले पहिले निर्माण गरिएको कार्यदलमा शंकर पोखरेललाई थप गर्ने र संयोजन गर्ने जिम्मा उपाध्यक्ष भीम रावललाई दिने निर्णय गरेको उहाले बताए ।

कार्यदलमा पहिलेदेखि नै ६ जना रहेको र त्यसमा एक जना शंकर पोखरेललाई थप गरी सात बनाइएको बताउँदै भट्टराईले यही कार्यदलले एमाले भित्र देखिएका सम्पूर्ण विवादहरुलाई समाधान गर्ने अख्तियारी पाएको बताए ।

असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो ।