काठमाडौँ – मन्त्रिपरिषद् बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।


ADVERTISEMENT


सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्विकृत गर्ने, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न पनि स्विकृती दिइएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।


ADVERTISEMENT

# # #


बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको उनले जानकारी दिए । मन्त्रीपरिषद बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्विकृति दिने निर्णय प्रवक्ता कार्कीले बताए ।

बैठकले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा स्विकृत गरेको नेपाल प्रवक्ता कार्कीको भनाई छ ।