काठमाडौँ – कृषि विकास बैंक लिमिटेड मोरङको रतुवामाई नगरपालिका वडा नं.१० नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले आइतबार एक समारोहकाबीच आफ्नै स्वामित्वको नवनिर्मित भवनमा सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले रिवन काटेर उदघाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उदघाटनपछि बोल्दै बैंक संचालक समितिका अध्यक्ष निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए । उनले कृषि विकास बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भईरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपभोग गर्न आग्रह गरे ।

उनले कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलब्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोड्ने कृषिलाई नछोडने नीति रहेको बताए । उनले विगतदेखि वर्तमानसम्म आईपुग्दा अत्याधुनिक सेवाहरु प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ्ग क्षेत्रका सम्पूर्ण प्रोडक्टहरु बैंकले उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका प्रदान गरे ।

यस्तै कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घ बहादुर अर्यालले बैंकले उपलब्ध गराउने सेवा सुविधाकाबारेमा प्रकाश पार्दै भोलिका दिनमा बैंक टिकाई राख्ने जिम्मा स्थानीयवासीहरुकै हुने भएकोले बैंकका व्यवसाय अभिवृद्धिमा विशेष जोड दिन आग्रह गरे । सोमबारे बजार व्यवस्थापन समितिका पदाधिाकारी, स्थानीय जनप्रतिनिधी, स्थानीय बासीहरुले बैंकका व्यवसाय अभिवृद्धिमा आवश्यक सहयोग गर्ने र बैंक शाखाको पुनःस्थापना भएकोमा बैंक परिवार र स्थापनाका लागि पहल गर्ने सबैंलाई हार्दिक धन्यवाद समेत दिए ।

उदघाटन कार्यक्रममा कृषि विकास बैंकका कम्पनी सचिव तथा प्रवक्त हिमलाल पौडेल, कृषि विकास बैंक प्रदेश कार्यालय १ का कर्मचारीहरु लगायत अन्य शाखाहरुबाट पनि कर्मचारीहरुको उपस्थित रहेको थियो ।