दार्चुला – स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीलाई सीमा पुलमै कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।


ADVERTISEMENT


भारतका विभिन्न क्षेत्रबाट मजदूरी गरि फर्कने नेपालीलाई सदरमुकाम खलङ्गा पूलघाटमा कोरानाविरुद्वको खोप लगाउन थालिएको हो ।


ADVERTISEMENT

# # #


भारतको धारचुला जोड्ने खलङ्गा पूलघाटमा दशैंतिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।

अहिले सीमामा भारतबाट फर्किने नेपाली बढ्दै गएका छन् । आइतबार पूलघाटमा भारतबाट आउने २५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोना विरुद्धको को खोप लगाउन थालिएको उनले बताए । रासस