काठमाडौं – हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । सन् १९८० देखि यसरी विश्व पर्यटन दिवस मनाइँदै आइएको हो ।


ADVERTISEMENT


विश्वको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक  कुरालाई विश्वमाझ चिनाउन यो दिनको प्रयोग गरिँदै आएको छ ।  दिगो विकासका लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रले गर्न सक्ने योगदान र यस विषयमा जागरूकता बढाउन विश्वव्यापी रुपमा पर्यटन दिवस मनाइन्छ ।


ADVERTISEMENT

# # #


‘समावेशी विकासको लागी पर्यटन’ भन्ने मूल नाराकासाथ यसपालिको विश्व पर्यटन दिवस मनाइँदैछ । यस बर्षको आधिकारिक उत्सव भने आइभरी कोष्ट अर्थात् ‘कोटे डी आइवर’मा हुँदैछ ।

यसै सन्दर्भमा नेपाल पनि विश्व पर्यटनको एक हिस्सा बनिसकेको छ ।

सन् १९६० देखि  आधुनिक विश्व समुदायका लागि नेपाल पर्यटकीय गन्तव्यको रुपमा चिनिएको हो । तर, सन् १९८१ मा त्रिभुवन विमानस्थल बनेपछि मात्र पर्यटकका लागि नेपालाको ढोका खुलेको थियो । सन् १९६० तिर हिप्पी आन्दोलन चरम सीमामा पुगेको बेला नेपालमा पर्यटक आफ्नै भ्यान, कार, बाइक लिएर हिप्पी अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आउने गरेका थिए ।

विश्व पर्यटन क्षेत्रमा नेपाललाई एसियाभित्रको युरोप पनि भनिने गरिएको छ । यहाँको वातावरण, मौसम र रमणीय दृष्यले जोकोहीलाई पनि लठ्ठ बनाउछ ।

मरूभूमिदेखि हिमालसम्मको यात्रा नेपालमै हुने भएकाले पनि नेपाल पर्यटकको रोजाइमा पर्दै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, हिमचुली, अनेक भेषभूषा, रहनसहनका कारण नेपालमा विश्वका पर्यटकहरुको मन लोभिने गरेको छ । यति हुँदा हुँदै पनि नेपालले पर्यटन क्षेत्रमा उल्लेख्य पहिचान बनाउन सकेको छैन ।

नेपालले थोरै मात्र सीप, लगानी र बिचार गरेर काम गर्ने हो भने विश्व पर्यटनको महत्वपूर्ण गन्तव्य हुन सक्छ नेपाल । यसलाई हेक्का राखेर हामीले काम गर्दै जानुपर्दछ ।