काठमाडौं – तालिबानले दाह्रीसमेत नकाट्न उर्दी जारी गरेको छ । यदि यसो गरेको खण्डमा इस्लाम धर्म उल्लङ्घन गरेको ठहर गरी उनीहरुलाई सजाय गर्ने तालिबानले बताएको छ ।


ADVERTISEMENT


धर्म उल्लङ्घन हुने भन्दै तालिबानले अफगानी नागरिकलाई  दाह्रीसमेत  काट्न नहुने धार्मिक अतिवादी नीति उर्दी गरेको हो ।


ADVERTISEMENT

# # #


हाल अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो गर्न प्रतिबन्ध लगाइएको हो ।

तालिबानले दाह्री नकाट्न वा नमिलाउन गरिएको उर्दी उल्लंघन भए सजाय दिइने चेतावनी दिएको छ ।

तालिबानले विस्तारै विभिन्न विषय कडाइ गर्न थालेपछि उनीहरुको विगतकै जस्तो कडा शासन फर्किएको संकेत गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर उनीहरूले शब हेरात राज्यको सडकमा झुन्ड्याएका थिए ।