काठमाडौं – संयुक्त राष्ट्र संघको  महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


डा खड्का हाल राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन न्युयोर्कमा छन् ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री डाखड्का र भारतीय समकक्षी डा जयशंकरबीच भएको भेटवार्तामा दुई देशको पछिल्लो आपसी सम्बन्धबारे छलफल भएको भारतीय विदेशमन्त्री डा जयशंकरले ट्वीट गरेर जनाएका छन् ।

भेटवार्तामा दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई थप अगाडि बढाउने र सहकार्य गर्ने सहमति भएको पनि जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् ।

पछिल्लो समय दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनापछि नेपाल र भारतबीचको सम्बन्ध त्यति हार्दिक देखिएको छैन ।

यस विषयमा नेपाल सरकारले लेखेको कूटनीतिक नोटको उत्तर समेत भारत सरकारले अहिलेसम्म दिइरहेको छैन ।

यसअघि नेपालको नयाँ नक्सा, कालापानी क्षेत्रमा सैन्य उपस्थिती, दुई मुलुकका समस्या समाधानका लागि बनाइएको प्रबुद्ध व्यक्ति समूहले तयार गरेको प्रतिवेदन समेत भारतले बेवास्ता गरिरहेको छ ।

यस्तो बेलामा अमेरिकामा भएको भेटवार्तामा भारतीय विदेशमन्त्रीले दुईपक्षीय सम्बन्धलाई थप अगाडि बढाउने सहमति जनाउनु सकारात्मक कदम भएको परराष्ट्र अधिकारीको टिप्पणी छ ।