काठमाडौं – स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै दिनदिनै विरोध भइरहेको छ ।


ADVERTISEMENT


उसो त नेपालमा स्यानिटरी प्याड प्रयोग गर्ने महिलाहरु थोरै मात्र छन् । सरकारले प्याड प्रयोग जनचेतना जगाउनुपर्नेमा उल्टै कर बढाउनु खेदको विषय बनेको छ ।


ADVERTISEMENT

# # #


सहरिया महिलाहरुले महिनावारीका समय स्यानिटरी प्याड प्रयोग गरे पनि दूर दराजमा भने यो खाले चेतनाको विकास नै भएको छैन ।

सरकारले त नेपालमा हाल यो निशुल्क बाँढेर चेतना अभिवृद्धि गर्ने समय हो । तर, यसो हुन सकिरहेको छैन ।

यसैबीच महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा बिरोध भएको छ ।

सेनेटरी प्याड निशुल्क गर सरकार भन्दै आम युवा अभियानले बिरोध प्रदर्शन गरेका हुन् । जनतालाई निशुल्क रुपमा बितरण गर्नुपर्ने बस्तुमा कर लगाइएको उनीहरुको आरोप छ । प्रदर्शनका क्रममा उनीहरुले निशुल्क रुपमा स्यानिटरी प्याड बितरण समेत गरेका थिए ।

यता सरकारले भने सेनेटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको बताएको छ ।

वर्तमान सरकारले सेनेटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नबढाइएको जनाएको छ ।