काठमाडौं– नेपालमा करिब ७९ लाख सर्वसाधारणले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ। हालसम्म ६२ लाख ६२ हजार ७८० जनाले पहिलो मात्रा खोप लगाएको उनले बताए।


ADVERTISEMENT

# # #


प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ। यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ भने २८ लाख २३ हजार ६८३ जनाले भेरोसेलको पूर्ण मात्रा लगाएका छन्। यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या १४ लाख ४० हजार ७३५ रहेको छ।

काठमाडौँ उपत्यकामा ४१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको उनको भनाइ छ।