काठमाडौँ– नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि ‘नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८’ भव्यताको साथ सम्पन्न भएको छ ।


ADVERTISEMENT


क्रियटिभ ईन्साइट मिडिया प्रालिको आयोजना तथा रोज शिप बिकाश तालिम केन्द्रको व्यवस्थापनमा ‘नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८’ मंगलबार सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


उक्त समारोहमा सुन्दरताको क्षेत्रमा योगदान पुर्‍याएका पार्लर, ब्युटी ट्रनिङ सेन्टर, सौन्दर्य व्यवसायसंग आवद्ध सम्पूर्ण विधा–मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड सम्पन्न गरिएको रोज सीप विकाश तालिम केन्द्रको अध्यक्ष वरिष्ठ सौन्दर्यविद् सोनी कारंजितले जानकारी दिइन् ।

प्रमुख अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा विशेष अतिथिहरुमा चलचित्र कलाकार संघका अध्यक्ष लगायत कलाकार तथा चलचित्रकर्मीहरुको समेत उपस्थित रहेको थियो ।

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला व्यवसायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ व्यवस्थित गर्ने हेतुले यस अवार्डको आयोजना गरिएको अवार्डका संस्थापक निर्देशक सुर्य चन्दले बताए ।

उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘पार्लर व्यवसायहरुलाई छुट्टै उचाइमा पुर्‍याउन र ब्युटिसियन अवार्डको महत्वलाई अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक व्यवसायलाइ उधोगको रुपमा स्थापना गर्ने नै यस अवार्ड प्रमुख उद्देश्य हो ।’

अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्‍याएका सौन्दर्यविद् सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो।